सिन्धुली । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री गंगाानारायण श्रेष्ठले तीन सय भन्दा बढि विद्यार्थीहरुलाई व्यवस्थित छात्रावासको लागि तत्काल पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीहरुका लागि मन्त्री श्रेष्ठले अविभावक विहिन ३ सय भन्दा बढि विद्यार्थीहरुलाई व्यवस्थित छात्रावास व्यवस्थापन गर्न पहल गर्ने बताएका हुन् ।
शनिवार कमलामाई नगरपालिका–५ स्थित जनज्योति माध्यमिक विद्यालय फास्रेटार सिन्धुलीको ५० औँ स्वर्ण महोत्सव उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले बौद्धिक अपाङ्ता, न्युन आर्थिक स्थिती भएका विद्यार्थीहरुको जिम्मा राज्यले जिम्मा लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
मन्त्री श्रेष्ठले संघीयताको मर्म र भावना अनुसार प्रदेशलाई पूर्ण मजवुद बनाउन र जनताका हरेक समस्यामा सहयोगि बन्न संघीय सरकार र प्रदेश सरकारले कानुन निर्माण तथा कानुन परिमार्जनका लागि पहल गरिरहेको बताए ।
















प्रतिक्रिया दिनुहोस्