Logo

मेघनाथ पहाडी

फाल्गुन १८, २०७९ बिहीबार

एन्फाको सह-महासचिवमा बूढानीलकण्ठका भट्टराई


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का दामोदर भट्टराई (बद्री)  नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको सह महासचिवमा मनोनित भएका छन् । बुधवार बसेको एन्फाको बैठकले भट्टराईलाई सह महासचिवमा मनोनित गरेको हो ।

भट्टराईले काठमाडौँ जिल्ला खेलकुद विकास समितिदेखि नेपाल ह्यान्डबल एसोशियसन लगायतका संस्थामा योगदान दिएका छन् ।

युवा पुस्ता देखि ज्येष्ठ नागरिकबीच लोकप्रिय रहेका भट्टराई राजनीति र समाजसेवामा पनि उतिकै रक्रिय छन् ।

काठमाडौँ खेलकुद समाजको संस्थापक अध्यक्ष समेत रहेका भट्टराई नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ का सचिव हुन् ।