काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर १०६ जना किशोरीले स्थानीय पर्वतारोहणसम्बन्धी तालिम लिएका छन् ।
विश्व समावेशी साहसी संस्था जिआइएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको थियो । किशोरीलाई जुगल गाउँपालिकाको तीनदिने यात्राका क्रममा जिल्लाभरको इतिहास, भूगोल र धर्मसंस्कृतिबारे जानकारी दिइएको थियो ।
स्थानीयस्तरमा पर्वतारोहणको कला सिकाइ पर्यटन प्रवद्र्धनको विकासका लागि सहयोग पुग्ने जुगल गाउँपालिका पर्यटन समिति संयोजक मिलन तामाङले जानकारी दिए । तालिमपछि मात्र नतिजा आउने उनको भनाइ छ ।
सहभागीमध्ये ३५ जनालाई माउन्टेन गाइडका रुपमा तयार गरिने तामाङले बताए ।
पाँचजना अन्तर्राष्ट्रिय पर्वतारोही प्रशिक्षकद्वारा पर्वतारोहीले पर्वतारोहणसम्बन्धी सम्पूर्ण तालिमअन्तर्गत ट्रेकिङ म्याप, प्राथमिक उपचार तालिम, हिमाल चढ्न आवश्यक सामग्री र तयारीबारे सिकाइएको थियो ।
११ जना प्रशिक्षकले उनीहरुलाई तालिम प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्