Logo

बागमती पेज

फाल्गुन २७, २०७९ शनिबार

टर्कीका ५ हजार भूकम्प पीडितलाई नेपालबाट राहत वितरण, कसले गर्‍यो सहयोग !


काठमाडौँ । अन्ताराष्ट्रिय युवा समाजका केन्द्रीय अध्यक्ष, समाजसेवी डा. पिया रत्न महर्जनको संयोजकत्वमा टर्कीका भूकम्प पीडितलाई सहयोग स्वरूप राहत वितरण गरिएको छ ।  टर्की र सिरियामा गएको भूकम्पमा नेपालबाट महर्जन नेतृत्वले ५ हजार भन्दा बढी भूकम्प प्रभावित परिवारलाई राहत वितरण गरिएको हो । 

टर्कीको अनटाक्य हटैया प्रान्तलाई केन्द्रबिन्दु बनाएको स्थान अवलोकन गरी पिया रत्न समूहले राहत वितरण गरेको थियो । 

अन्ताराष्ट्रिय युवा समाजका केन्द्रीय अध्यक्ष समाजसेवी डा. पिया रत्न महर्जनका अनुसार,भूकम्प पीडितलाई २० थान ट्रेन, १२ जेनरेटर, सबै उमेर समूहका लागि १ लाख थान लुगा लगायत अति आवश्यक सामग्री वितरण गरिएको थियो । 

त्यस्तै खाद्यान्नमा चामल, दाल, चीनी, पाउरोटी, पाउडर दूध, जुस, जुकाको औषधी, चाउचाउ लगायतका खाद्यान्न गरेर ३० लाख बराबरको सामान राहत स्वरूप वितरण गरिएको संस्थापक महर्जनले बताएका छन् । 

अन्ताराष्ट्रिय युवा समाजले यस अघि पनि गैर सरकारी संस्थाको नेतृत्व तथा गृहको मातहत मार्फत सङ्कलन गरेर २२ लाख बराबरको ब्लाङकेट तथा कपडा टर्की सरकारलाई हस्तान्तरण गरेको थियो । 

टर्कीमा राहत वितरण गर्दे डा. महर्जन

नेपालमा कोरोनाको समयमा विभिन्न देश सँग समन्वय गरी ८७ करोड बरावरको अक्सिजन प्लान्ट सहित स्वास्थ्य सामाग्री वितरण गरिएको समाजले जनाएको छ । तराईमा गएको बाढीमा पनि समाजले निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामाग्री युवा समाजले वितरण गरेको थियो ।

त्यस्तै डेंगीको समयमा काठमाडौँ उपत्यकालगायत धनगढी, कञ्चनपुर, सिराहा, सर्लाही, रुपन्देही लगायतका जिल्लामा सिटामोल तथा जीवनजल वितरण गरेको थियो । बाजुरा र डोटीको भूकम्पमा परेका २५० भन्दा बढी पीडित परिवारलाई समेत राहत वितरण गरिएको समाजले बताएको छ ।