काठमाडौँ । अन्ताराष्ट्रिय युवा समाजका केन्द्रीय अध्यक्ष, समाजसेवी डा. पिया रत्न महर्जनको संयोजकत्वमा टर्कीका भूकम्प पीडितलाई सहयोग स्वरूप राहत वितरण गरिएको छ । टर्की र सिरियामा गएको भूकम्पमा नेपालबाट महर्जन नेतृत्वले ५ हजार भन्दा बढी भूकम्प प्रभावित परिवारलाई राहत वितरण गरिएको हो ।
टर्कीको अनटाक्य हटैया प्रान्तलाई केन्द्रबिन्दु बनाएको स्थान अवलोकन गरी पिया रत्न समूहले राहत वितरण गरेको थियो ।
अन्ताराष्ट्रिय युवा समाजका केन्द्रीय अध्यक्ष समाजसेवी डा. पिया रत्न महर्जनका अनुसार,भूकम्प पीडितलाई २० थान ट्रेन, १२ जेनरेटर, सबै उमेर समूहका लागि १ लाख थान लुगा लगायत अति आवश्यक सामग्री वितरण गरिएको थियो ।
त्यस्तै खाद्यान्नमा चामल, दाल, चीनी, पाउरोटी, पाउडर दूध, जुस, जुकाको औषधी, चाउचाउ लगायतका खाद्यान्न गरेर ३० लाख बराबरको सामान राहत स्वरूप वितरण गरिएको संस्थापक महर्जनले बताएका छन् ।
अन्ताराष्ट्रिय युवा समाजले यस अघि पनि गैर सरकारी संस्थाको नेतृत्व तथा गृहको मातहत मार्फत सङ्कलन गरेर २२ लाख बराबरको ब्लाङकेट तथा कपडा टर्की सरकारलाई हस्तान्तरण गरेको थियो ।
नेपालमा कोरोनाको समयमा विभिन्न देश सँग समन्वय गरी ८७ करोड बरावरको अक्सिजन प्लान्ट सहित स्वास्थ्य सामाग्री वितरण गरिएको समाजले जनाएको छ । तराईमा गएको बाढीमा पनि समाजले निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामाग्री युवा समाजले वितरण गरेको थियो ।
त्यस्तै डेंगीको समयमा काठमाडौँ उपत्यकालगायत धनगढी, कञ्चनपुर, सिराहा, सर्लाही, रुपन्देही लगायतका जिल्लामा सिटामोल तथा जीवनजल वितरण गरेको थियो । बाजुरा र डोटीको भूकम्पमा परेका २५० भन्दा बढी पीडित परिवारलाई समेत राहत वितरण गरिएको समाजले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्