नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला समन्वय समितीको अध्यक्षमा प्रतापसिं तामाङ सर्वसम्मत निर्वाचित भएको छ।
घेदुङको संघीय सदस्य मिलन लामाको अध्यक्षता एवं बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङ र घेदुङ प्रदेश सहसचिव फुलकाजी स्याङ्बो सदस्य रहेको निर्वाचन मण्डलले तामाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेका हुन्।
जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको सभापतित्वमा ७ औं जिल्ला अधिवेशन जुगल ५ को रत्नराज्य मा।वि। मा भएको हो ।
गठित कार्यसमिति :
अध्यक्ष – प्रताप सिं तामाङ
उपाध्यक्ष – थुप्तेन ग्याल्बो लामा
महिला उपाध्यक्ष – शान्ती थिङ तामाङ
सचिब – क्षेत्र तामाङ
कोषाध्यक्ष – नुमा पाख्रीन
सहसचिव – प्रीतम गोले तामाङ
सहसचिव – दावा लामा
सदस्यहरु आस्मान लोप्चन ,असिम तामाङ ,अनिल स्याङ्बो ,रहर बहादुर तामाङ ,सुगम वाईबा ,पालदोर्जे तामाङ,मानबहादुर तामाङ ,रेशम बहादुर तामाङ ,शिर ब। तामाङ ,जयलाल तामाङ ,पासाङ तामाङ र आशाकाजी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्