Logo

बागमती पेज

चैत्र १, २०७९ बुधबार

दोलखा महोत्सवमा बागमती पेजका पत्रकार भवानी कार्की सम्मानित


काठमाडौँ । दोलखाको चरिकोटमा १० दिनसम्म सञ्चालन गरिएको महोत्सवमा बागमती पेजका पत्रकार भवानी कार्की सम्मानित भएकी छन् । पत्रकार कार्की समेत जिल्लाका अन्य रेडियो, अनाईन तथा अन्य जिल्लाका पत्रकारहरु सम्मानित भएका हुन् ।

संञ्चारकर्मीले आफ्नो तर्फबाट योगदान पुर्याए अनुसार आयोजकले टिमले सम्मान दिएकोमा आगामी दिनमा थप हौसला मिल्ने पत्रकार कार्कीको भनाई छ । उनले सफलतापूर्वक महोत्सव सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै दोलखा चेम्वर अफ कमर्सलाई धन्यवाद व्यक्त गरेकी छन् । जिल्लामा पर्यटन प्रवर्द्धन गर्न महोत्सवले थप भूमिका खेल्ने बताएकी छन् ।

हाम्रो रेडियो, कालिञ्चोक एफएम, रेडियो शैलुङ, रेडियो भिमेश्वर, रेडियो हिमाली लगायत अन्य सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

पर्यटन प्रर्वद्धन तथा आर्थिक चहलपहल बढाउन दोलखा चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । फागुन १९ देखि २८ गते १० दिन सम्म संचालन गरिएको महोत्सव अवधिमा ४ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजक टिमले जनाएको छ ।

दोलखा चेम्वर अफ कमर्सका उपाध्यक्ष रुद्र जंग बुढाथोकिका अनुसार १० दिनको अवधिमा करिब ४० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले महोत्सव अवलोकन गरेका थिए ।

त्यस्तै दोलखा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने संघ संस्था, भीमेश्वर नगरपालिका, प्रहरी प्रसाशन, सञ्चार माध्यम लागयत सम्पुर्ण सहयोग दाताहरुलाई चेम्बर अफ कमर्सले सम्मान पत्र वितरण गरेको थियो ।

यो पनि पढ्नुहोस्,

दोलखा महोत्सवमा ४ करोड आर्थिक कारोबार