Logo

बागमती पेज

चैत्र १५, २०७९ बुधबार

दोलखामा खसीबोका किन्ने बहानामा चोरी गर्ने दुई पक्राउ


काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिकास्थित लाकुरीडाँडामा खसी बोका किन्ने बहानामा चोरी गर्ने दुई पक्राउ परेका छन् । स्थानीयलाई शङ्कास्पद लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

खसी बोका बेच्ने बहानामा उनीहरू भीमेश्वर नगरपालिका ९ स्थित भण्डारेमा पुगेका थिए ।  गाउँ गाउँमा पुगेर सुन तथा नगद लुट्दै गरेको अवस्थामा रंगेहात भेटेपछि उनीहरू पक्राउ परेको स्थानीयले बताएका छन् । 

सो क्रममा उनीहरूलाई स्थानीयले सामान्य कुटपिट समेत गरेका छन् । चोरीमा संलग्न दुवैले आफ्नो ठेगाना भीनपा ७ र जिरी स्थित स्यामा बताएका छन् । यद्धपी उनीहरूको विस्तृत विवरण खुल्न बाँकी छ । उनीहरूको साथबाट मोबाइल, सुन र केही नगद बरामद गरिएको छ ।