Logo

बागमती पेज

श्रावण २०, २०८० शनिबार

टोखामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु


काठमाडौँ । टोखामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

टोखा नगरपालिका–२ चण्डेश्वरी मन्दिर नजिक बा२५प २९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट खोटाङ घर भई काठमाडौं टोखा–८ बस्ने ५० वर्षीया कमला बस्नेतको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।