Logo

बागमती पेज

श्रावण २८, २०८० आईतबार

रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन


काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन भएको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

हिलालका लागि माइकलले खेलको ५१औँ मिनेटमा गोल गरेपछि नासर पछाडि परेको थियो । तर रोनाल्डोले ७४औँ मिनेटमा बराबरी गोल फर्काए ।

निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको ९८औँ मिनेटमा रोनाल्डोले गरेको गोल नै उपाधिका लागि निर्णायक भयो । योसँगै रोनाल्डोले नासरमा पहिलो उपाधि जितेका छन् ।