Logo

बागमती पेज

श्रावण २८, २०८० आईतबार

पार्टी छाडनेको लर्काे: आयोग अध्यक्षसहित ३६ नेता एमालेमै फर्किए


काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पहिरो जाने क्रम ह्वात्तै बढेको छ । दैनिकजसो माधवको भ्रम टुटेको भन्दै एमाले फर्कने अभियान चलिरहँदा आज भक्तपुरका युवा नेताहरु सबै एमालेमै फर्किएका हुन् ।

एमाले केन्द्रीय कार्यालयमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभयो । यसरी एमाले प्रवेश गर्नेहरुमा एस निकट युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं सो पार्टीका भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा, यवा संघ केन्द्रीय सचिवालय सदस्य एवं भक्तपुर इञ्चार्ज तेजबहादुर श्रेष्ठ, केन्द्रीय सचिवालय सदस्य युवराज खडकासहित ३६ जना युवा नेताहरु रहेका छन् ।

नेकपा एस छाडेर एमाले प्रवेश गरेपछि उहाँहरुले माधव नेपालले सवैलाई भ्रममा पारेको र अहिले भ्रममुक्त भएकोले एमालेमै फर्किएको बताए ।