Logo

बागमती पेज

भाद्र २७, २०८० बुधबार

तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि उक्लियो


काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ ।

७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार त्यसयता निरन्तर घट्दै आएको थियो । तेस्रो सातापछि अर्थात बुधबार सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो ।

बुधबार सेयर बजारमा २१३ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ । धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

बुधबार २७५ धितापत्रको ३६ हजार ४५ वटा कारोबार हुँदा ५१ लाख ४४ हजार ७२४ रुपैयाँको सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।