Logo

बागमती पेज

आश्विन १५, २०८० सोमबार

जुबिलेन्ट कलेजमा विद्यार्थीलाई भव्य स्वागत र बिदाई


काठमाडौँ । काठमाडौँको कालिमाटीमा अवस्थित जुबिलेन्ट कलेजले विद्यार्थीलाई स्वागत तथा बिदाई कार्यक्रम गरेको छ। कलेजले राष्ट्रिय नाचघरमा एक भव्य कार्यक्रमका बीच कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास आउट भएका विद्यार्थीहरुलाइ बिदाई गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा कलेजका सल्लाहकार डाक्टर स्वागत श्रेष्ठले कक्षा ११ का विद्यार्थीहरुलाई औपचारिक रुपमा स्वागत गर्दै आगामी दुई बर्ष विद्यार्थीहरुले पठनपाठनमा बिशेष ध्यान दिनुपर्ने भन्दै कक्षा १२ पास भएर गएका विद्यार्थीहरुलाई संसारको जुनसुकै ठाउँमा गएर पढ्न परे पनि कठिन मिहेनत गर्नपर्ने भन्दै पढ्ने कुराले मात्रै जीवन सफल हुने धारणा ब्यक्त गरे । उनले पढेर मात्रै जिवनको लक्ष हासिल गर्न सकिने धारणा राखेका थिए ।

प्रिन्सिपल ऋषि प्रसाद न्यौपानेले कक्षा ११ का विद्यार्थीहरुको ब्यबहारिक पक्षहरु सुधार गर्दै पठनपाठनमा जोड्दिने बताए। त्यसैगरी कक्षा १२ पास गरेर जाने विद्यार्थीहरुलाई जुबिलेन्टबाट पास भएर जाने विद्यार्थीहरुको सफलताको श्रेणी उच्च रहेको भन्दै त्यसलाई कायम राख्न आग्रह गरे ।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष डा होमनाथ लुइटेलले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्दै आगामी २ वर्षको मिहेनतले भविष्यमा आफुले देखेको सपना पूरा हुने भन्दै पढाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

उत्कृष्ट सफलता हासिल गर्ने सीता बजगाँइ, रबिन पौडेल, मिलन पान्डे र मिलन कोइरालालाई बिशेष सम्मान सहित अभिनन्दन गरिएको थियो । त्यस्तै कक्षा १२ पास भएर बिश्वबिद्यालय शिक्षाको लागि बिदाई हुने विद्यार्थीहरुलाइ कलेजले टोकन अफ लभ दिएर अभिनन्दन गरेको थियो। चर्चित लोक गायक टंक गैरेको समेत प्रस्तुति रहेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गायन, तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।