Logo

बागमती पेज

कार्तिक १८, २०८० शनिबार

विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन


काठमाडौं । विमानस्थलमै हात हालाहाल गरेका दुई पाइलटको लाइसेन्स निलम्बनमा परेको छ ।

शुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरको जहाज अवतरण गराएपछि दुई वरिष्ठ क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठबीच हात हालाहालको अवस्था भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरुको लाइसेन्स निलम्बन गरेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार प्राधिकरणले तय गरेको सुरक्षाको मापदण्ड उल्लंघन गरेको आरोपमा अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुको लाइसेन्स निलम्बन गरिएको हो ।

हाललाई केही समयका लागि उनीहरुको लाइसेन्स निलम्बन गरेर अनुसन्धान गरिने बताइएको छ ।