Logo

मेघनाथ पहाडी

मंसिर २८, २०८० बिहीबार

सिन्धुलीकै कान्छा वडाध्यक्षः जसलाई विवाह भन्दा विकासको चिन्ता


काठमाडौँ । सिन्धुली जिल्लाका सबैभन्दा कान्छा वडाध्यक्ष हुन्, युवराज पहाडी । ०७९ को निर्वाचनमा तीनपाटन गाउँपालिका वडा नम्बर ७ बाट निर्वाचित उनले करिव १६ महिनामा धेरै कामको शुरुवात गर्न सफल भएका छन् ।

उनले ठुला र आफूले गर्न नसक्ने योजना सुनाउँदै हिड्नु भन्दा पनि वडावासीको महत्वका योजनालाई ध्यान दिएर काम गरेका छन् । वडाध्यक्ष पहाडी भन्छन्, “स्थानीय सरकार जनताको सरकार हो । अझ वडाध्यक्षले वडामा पहिला परिवर्तनको शुरुवात गर्नुपर्छ । वडामा योजना सफल भएपछि पालिका भरी यस्ता योजना कार्यान्वयन गर्न सकिन्छ भन्ने उदाहरण दिन मन छ ।”

भाषण भन्दा काममा विश्वास राख्ने वडाध्यक्ष पहाडीले वडावासीको हितका लागि विभिन्न कामहरु गर्न सफल भएका छन् । उनले कृषि, शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक काममा ध्यान दिएर काम गर्दै आएका छन् ।

तीनपाटन गाउँपालिका वडा नम्बर ७ भित्र ४४१ घरधुरीमा कुल जनसंख्या २७०० छ । सबैको स्वास्थ्यलाई मध्यनजर गरेर विभिन्न समयमा आयुर्वेदिक स्वास्थ्य शिविर लगायतका सुविधा दिँदै आएको उनको भनाई छ । वडावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै अध्यक्ष पहाडीले वडामै एउटा एम्बुलेन्स समेत संचालनमा ल्याएका छन् । एम्बुलेन्समा सुत्केरी, ८० माथिका ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई निःशुल्क सेवा दिने समेत उनले जनाए ।

कृषकलाई सहज होस् भनेर ३०० घरधुरीलाई फलामे हलो बितरण गरेका थिए । त्यसैगरी ३ महिना भित्र वडाभरीका सम्पुर्ण घरमा विजुली पुर्याउन सफल बने भने सबै घरधुरीमा विद्युत वाईरिङमा निःशुल्क गरिदिए ।

वडाध्यक्ष युवराज पहाडीले गरेका केही महत्वपुर्ण कामहरु :

१। किसानहरुलाई आधुनिक फलामे हलो वितरण ।

२। एसइई र प्सटु दियर बसेका विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर क्लास संचालन ।

३। स्नातक अध्यान गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई छात्राबृती प्रदान ।

४। सम्पुर्ण घरमा हाउस वाइरिङमा प्राविधिक सहयोग ।

५। सम्पुर्ण घरमा ३ महिनामा विद्युत बाल्न सफल ।

६। प्सटु सम्म निःशुल्क शिक्षा ।

७। सबै विद्यालयहरुमा बालविकास कक्षामा एलइडी टिभी ब्यवस्थापन ।

८। वडामा पशु प्राविधिक ब्यवस्थापन गरि घर–घरमा गई उपाचार सेवा ।

वडावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै अध्यक्ष पहाडीले स्वास्थ्यचौकी भवन निर्माण हुने तयारीमा रहेको जानकारी दिए । वडा कार्यालय निर्माणको काम पनि छिट्टै शुरु हुन लागेको उनको भनाई छ ।

वडाध्यक्ष युवराज पहाडीले पालिकाबाट पाउने यातायातको साधन प्रयोग गरेका छैनन् । तेल हाल्ने र मर्मत गर्ने खर्च कटौती गरेर उनले १ लाख असी हजारको समेत विभिन्न सामाजिक काममा सहयोग गरेका छन् ।