Logo

भवानी कार्की

पुस २, २०८० सोमबार

युवा नेता लामाद्वारा शैक्षिक सामाग्री हस्तान्तरण


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी अण लामाले विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । उनले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको नमोबुद्ध आधारभुत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

उनले विद्यालयमा एकथान कम्युटर, प्रिन्टर र फोटोकपी मेशिन सहयोग गरेका हुन् । विद्यालयमा आवश्यक रहेका विभिन्न सामाग्रि विगतदेखि नै लामाले सहयोग गर्दै आएका छन् । उनी भन्छन्, गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता हो । अहिलेको समयमा गुणस्तरिय शिक्षाका लागि विद्यार्थीलाई प्रविधियुक्त सामाग्रीहरु अति आवश्यक छ । विद्यालयमा यस्ता सामाग्री हुनु पर्दछ ।

समाजसेवी लामाले ०७५ सालमा उक्त विद्यालयका ६१ जना विद्यार्थीलाई झोला वितरण गरेका थिए । युवा नेता लामाले ०७६ सालमा विद्यालयको आवश्यकता अनुसार विभिन्न फर्निचरका सामान विद्यालयलाई सहयोग गरेका थिए ।

मेलम्ची बाढिका पीडित युवानेता अण लामाले आफ्नै घर बगाउँदा समेत त्यहाका स्थानीयलाई करिव ५ लाख बरावरको राहत सामाग्री समेत वितरण गरेका थिए । कोभिडको समयमा उनले विभिन्न स्थानमा समस्या परेका ज्याला मजदुरी गर्ने व्यक्तिहरुलाई सहयोग गरेका थिए ।

त्यसैगरी समाजसेवी लामाले विभिन्न समयमा आर्थिक रुपमा स्वास्थ्य उपचार नपाएका विरामीलाई आर्थिक सहयोग गर्दै आएका छन् । उलने पैसाको कारण पढ्न नपाउने विभिन्न जिल्लाका विद्यार्थीलाई विद्यालय पोषाक, विभिन्न शैक्षिक सामाग्री तथा आर्थिक रुपमा समेत सहयोग पुर्याउँदै आएका छन् ।