Logo

बागमती पेज

माघ ७, २०८० आईतबार

महिलाहरुबीच २२ जनवरीमा आमा बन्ने होड, किन अस्पतालमा गर्भवतीको भिड ?


एजेन्सी । आगामी सोमबार अर्थात जनवरी २२ तारेख भारतका लागि विशेष हुनेवाला छ । किनकि त्यसदिन अयोध्यास्थित राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने तयारी भैरहेको छ ।

तर उता उत्तरप्रदेशको लखीमपुरमा जनवरी २२ तारेखले डाक्टरहरुलाई आपत् पारेको छ । आखिर राममन्दिरको प्राणप्रतिष्ठासँग डाक्टरहरुको समस्या कसरी जोडियो त ?

समाचार अनुसार युपीको लखिमपुरका गर्भवती महिलाहरु सोमबार २२ तारेखका दिन नै बच्चा जन्माउने भन्दै अस्पतालमा पुगेका छन् । जनवरीको अन्तिम हप्ता प्रसवको मिति भएका धेरै महिलाहरुले जसरी भएपनि २२ तारेखमै आफ्नो डेलीभरी गराउन डाक्टरहरुसँग अनुरोध गरेका छन् । राममन्दिरको प्राणप्रतिष्ठाको दिनमै आफुले आफ्नो नयाँ बच्चाको स्वागत गर्न चाहेको उनीहरुको भनाई छ ।

यसका लागि लखिमपुर जिल्लामा रहेका ठूलो संख्याका गर्भवती महिलाहरु जिल्लाको सरकारी अस्पतालदेखि निजी अस्पतालमा समेत पुगेका छन् । त्यसरी जानेमध्ये अधिकांस महिलाको प्रसवको मिति २० देखि २४ तारेखसम्म दिइएको थियो । तर २२ तारेखमै शल्यक्रिया गरेर भएपनि बच्चा जन्माइदिन उनीहरुको अनुरोध गरिररहेको जिल्लामा रहेको सरकारी महिला अस्पतालका प्रमुखको भनाइ छ ।