Logo

बागमती पेज

फाल्गुन १२, २०८० शनिबार

चुनिखेलबाट बुढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सवको सुरुवात


बुढानीलकण्ठ नगरपालिकामा पहिलो पटक ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ को आयोजना भएको छ ।

फाल्गुन ११ र १२ गते संचालन हुने यस महोत्सवको आज सुप्रसिद्ध कलाकार हरिवंश आचार्य, वरिष्ठ साहित्यकार झमक घिमिरे, नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि लगायत साहितयकार, विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरु, नगरपालिका कर्मचारी र साहित्यप्रेमी दर्शकहरुको उपस्थितिमा उद्घाटन भएको थियो ।

महोत्सवको प्रमुख आकर्षणको रुपमा सुप्रशिद्ध कलाकार हरिवंश आचार्यलाई वरिष्ठ साहित्यकार झमक घिमिरेले फुलको गुच्छा प्रदान गर्दै स्वागत गर्नुभएको थियो ।

कलाकार हरिवंश आचार्यले स्वागत मन्त्वय राख्दै महोत्सव उद्घाटन गरिएको थियो ।

महोत्सवलाई सांस्कृतिक रौनक प्रदान गर्नका लागी यस नगरपालिकामा रहेका विभिन्न वासुरी खलः, ढिमे खलः भजन खलः र ढम्फु समाजले आफनो प्रस्तुतिहरु दिएका थिए ।

नगरपालिका सम्पुर्ण जनप्रतिनिधिले वडागत रुपमा सांस्कृतिक भेषभुषा सहितको प्रदर्शनी मार्फत महोत्सवमा सम्पुर्णलाई स्वागत गर्नुभएको थियो । साथै महिला जनप्रतिनिधिहरुको सामुहिक सांस्कृतिक प्रदर्शनी समेत भएको थियो ।

नगर प्रमुख मिठाराम अधिकारी र नगर उपप्रमुख अनिता लामाले मन्त्वय राख्दै महोत्सवमा औपचारीक सत्रहरु सञ्चालन भएका थिए ।

म्ह फुला?’ (सञ्चै हुनुहुन्छ?)
महोत्सवको पहिलो सेसन – ‘म्ह फुला?’ (सञ्चै हुनुहुन्छ?) सञ्चालन भएको थियो ।

यस सेसनमा नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था, चुनौति, आवश्यकता र असल प्रयत्नहरुको सन्दर्भमा वहस गरिएको थियो । सेसनको वक्ताको रुपमा डा. भगवान् कोइराला, प्रा.डा. मधु दीक्षित र डा. शंकरमान राई हुनुहुन्थ्यो भने यसको सहजीकरण जनस्वास्थ्य विज्ञ डा.सुशिल बरालले गर्नुभएको थियो । सेसनको अध्यक्षता डा. गणेश गुरुङ्गले गर्नुभयो ।

“देश यसरी बन्छ”
महोत्सवको दोस्रो सेसन – “देश यसरी बन्छ” मा ३ उद्यमी, व्यवसायीका विच विशेष कुराकानी भएको थियो ।
यस सेसनमा लाक्पाफुटी शेर्पा, पुस्कल मल्ल र जिवन धिमिरे वक्ताको रुपमा हुनुहुन्थ्यो भने सहजीकरण वरिष्ठ साहित्यकार,व्यवस्थापन विज्ञ स्नेह सायमिले गर्नुभएको थियो । यसको अध्यक्षता वडा नं. २ वडाध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभयो ।

सेसनः ‘म्हेन्दो’ (फुल)
महोत्सवको तेस्रो सेसन ‘म्हेन्दो’ अर्थात नेपाली भाषामा ‘फुल’ मा नगरपालिकाभित्रका विद्यार्थीहरुको कविता वाचन गरेका थिए ।
यस सेसनमा नगरपालिकाका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले आफ्नो कला, साहित्य तथा कविताको प्रस्तुति गर्दैछन् । यसको सहजीकरण यस नगरपालिकाको एक विद्यार्थी आयुश्री घिमिरेले गर्नुभएको थियो ।
सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ५ का वडाअध्यक्ष कृष्ण शाह ठकुरीले गर्नुभयो ।
सेसन – ‘चुनिख्य:’ (चुनिखेल)
सुनौं, हेरौं, बुझौं हाम्रा भाषा, सभ्यता तथा संस्कृति विज्ञहरूबाट हाम्रा जाति, भाषा, संस्कृतिका कुरा भन्ने उद्देश्य सहित सेसन-‘चुनिख्य:’ संचालन भएको थियो ।
सेसनमा हाम्रा भाषा, सभ्यता तथा संस्कृति विज्ञहरूबाट हाम्रा जाति, भाषा, संस्कृतिका कुरा सुन्न, हेर्न र बुझ्न पाईएको थियो ।
सेसनको वक्ताको रुपमा मल्ल के सुन्दर, जगत प्रसाद उपाध्याय र अमृत योञ्जन हुनुहुन्थ्यो भने यसको सहजीकरण नेपालभाषाका चर्चित साहित्यकार एवम् अभियन्ता सुरेश किरणले गर्नुभएको थियो । सेसनको अध्यक्षता वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले गर्नुभयो ।

सेसन- ‘सपनाको सहर’
स-साना व्यवसाय, घरेलु तथा लघु उद्यम एवम् स्वरोजगारको क्षेत्रमा अवसर, चुनौति र सम्भावनाका विषयमा संवाद

सेसनको वक्ताको रुपमा उद्यमीहरु सीता नेपाली, सानु श्रेष्ठ र सरला लुईटेल हुनुहुन्छ भने यसको सहजीकरण सीता लामाले गर्नुभएको थियो । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले गर्नुभएको छ ।

सेसन- ‘आहा बुढानीलकण्ठ’
बुढानीलकण्ठ नगरपालिकाका तीन वडाका अध्यक्षहरुसँगको सेसन

बुढानीलकण्ठ नगरपालिकाका तीन वडाका अध्यक्षहरुसँगको सेसन ‘आहा बुढानीलकण्ठ’ को वक्ताका रुपमा नगरपालिकाका तीनवटा वडाध्यक्षहरु रवि खड्का, सुमित्रा त्रिपाठी पाण्डे र टिका नारायण श्रेष्ठ हुनुहुन्थ्यो भने यसको सहजीकरण पत्रकार सन्तोष लुईटेलले गर्नुभएको थियो । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ५ का पूर्व वडाअध्यक्ष विजय तामाङले गर्नुभयो ।

सेसन- फालचा व चिनाखँ
सेसनः ‘फल्चा व चिनाखँ’

यस सेसनमा राष्ट्रिय कवि तथा साहित्यकारहरुको साहित्य प्रस्तुति समेटिएको थियो ।

यस सेसनमा राष्ट्रिय कवि तथा साहित्यकारहरुले आफ्नो रचनाहरु प्रस्तुत गर्नुभयो । यसको सहजीकरण दीप दर्पणले गर्नुभएको छ भने ‍ सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष आकाश धितालले गर्नुभएको थियो ।