Logo

बागमती पेज

चैत्र २१, २०८० बुधबार

नेकपा एमाले बुढानिलकण्ठको अध्यक्षमा पुनः प्रदिप डंगोल


काठमाडौँ । नेकपा एमाले बुढानिलकण्ठको अध्यक्षमा प्रदिप डंगोल चयन भएका छन्। चैत १६ गते सुरु भएको दोश्रो अधिवेशनको बन्द सत्रले डंगोलको नेतृत्वमा नयाँ नगर कमिटी घोषणा गरेको हो ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको उपाध्यक्षमा शम्भु प्रसाद भट्टराई र सचिवमा श्रीकृष्ण श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनले नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको उपसचिवमा धोर्जे तामाङ र सुनिता गुरुङलाई चयन गरेको छ भने लेखा समिति संयोजकमा रुपेश भट्टराईलाई चयन गरिएको छ ।