Logo

मेघनाथ पहाडी

बैशाख ५, २०८१ बुधबार

नेपाल शिक्षक महासङ्घ सिन्धुलीको अध्यक्ष र सचिवमा विष्णु फुयाल चयन, को–को छन् अन्य पदाधिकारी ?


काठमाडौँ । नेपाल शिक्षक महासङ्घ सिन्धुलीको अध्यक्षमा विष्णु फुयाल चयन भएका छन् । सह-अध्यक्षमा वीर बहादुर थिङ, उपाध्यक्षमा लिल बहादुर श्रेष्ठ, महिला उपाध्यक्ष भीम कुमारी मिक्चन चयन भएका छन् भने सचिवमा विष्णु फुयाललाई नेपाल शिक्षक महासङ्घ सिन्धुलीको दोस्रो जिल्ला अधिवेशन एवं घोषणा सभाबाट चयन गरिएको हो ।

सहसचिव सुमित्रा थापा मगर, सहिला सहसचिव कमला घिमिरे, अर्थ सहसचिव थानेश्वर काफ्ले, संस्थागत सहसचिव सुजता थोकर, बल बहादुर भुजेल र नेत्र बहादुर सुनुवारलाई चयन गरिएको छ ।

वैशाख ४ गते बुधवार नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको भवनमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि महासङ्घका केन्द्रीय प्रतिनिधि नारायण तिमल्सिनाले शिक्षकहरूको छाता सङ्गठनको रूपमा रहेको शिक्षक महासङ्घलाई गतिशील बनाई आफ्नो अधिकारका रूपमा स्थापित गराउनु पर्नेमा जोड दिएका थिए ।

अध्यक्ष फुयालले शैक्षिक स्तर उकास्नका लागि शिक्षक महासङ्घ कटिबद्ध भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । शिक्षा ऐन लागु गर्न जोड दिने, जिल्लाका करिब ३६०० शिक्षक कर्मचारीका विभिन्न समस्या समाधान गर्न पहल गर्ने र विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर शिक्षकको क्षमता विकास सम्बन्धी तालिम दिने योजना रहेको बताए ।

अध्यक्ष फुयालले शिक्षकहरू अधिकारसँगै आफ्नो कर्तव्यप्रति सबै शिक्षक सचेत हुनुपर्ने भन्दै शैक्षिक उन्नयन गर्नका लागि महासङ्घ अधिकार सम्पन्न हुनुपर्ने र गतिशीलता हुनुपर्नेमा जोड दिए ।

सचिव विष्णु फुयालले स्थानीय तहमा राजनीतिक आस्थाका आधारमा शिक्षक माथि दुःख दिने हेतुले सरुवा गर्ने, मानसिक तनाव दिने र विभेदपूर्ण खालका व्यवहार गरिएको छ । कुनै पनि दलका निर्वाचित जनप्रतिनिधिबाट शिक्षकलाई यस्तो व्यवहार गर्नु खेद जनक रहेको बताए ।

शिक्षकको पहिलो दायित्व भनेको कक्षा कोठाको शैक्षिक गुणस्तर सुधार्नु हो । सबै शिक्षकले त्यही कुरालाई ध्यानमा राखेका हुन्छन् । शिक्षक महासङ्घ छाता सङ्गठन भएका कारण कुनै पनि शिक्षकलाई भेदभाव नगरी सबै शिक्षकलाई समान आँखाले हर्नुपर्ने उनको भनाई छ ।