Logo

बागमती पेज

श्रावण ८, २०८१ मंगलबार

सामाजिक सुरक्षा भत्ता लिन तत्काल राष्ट्रिय परिचय पत्र अनिवार्य छैन : गृह मन्त्रालय


काठमाडौं । गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लिनेलाई राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको जनाएको छ ।

गृहमन्त्रालयले यसअघि भएको निर्णय बदल्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको प्रष्ट पारेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७ सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै तत्काललाई राष्ट्रिय परिचयपत्र नखोज्न सूचना जारी गरेको हो ।

विभागको पत्रमा यसअघि जेठ २४ मा सरकारले गरेको निर्णय बदल्दै हाललाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि त्यसको व्यापक आलोचना हुँदै आएको थियो ।