काठमाडौँ । भारतको महाराष्ट्रमा बुधवार भएको एक दुर्घटनामा रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाएका १३ जना मध्ये चार जना नेपाली पनि रहेको अधिकारीहरूले बताएका छन्।
भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरूले उक्त दुर्घटनामा भएको नेपालीहरूको मानवीय क्षतिबारे आफूहरू जानकार रहेको र भारतीय पक्षसँग सम्पर्कमा रहेको जनाएका छन्।
दूतावासका अनुसार ज्यान गुमाउनेमध्ये चारै जनाको सनाखत भएको छ।
ज्यान गुमाउने नेपालीमा दुई जना पुरुष र दुई जना महिला रहेको भनिएको छ। त्यसमध्ये एक पुरुष कोशी प्रदेशका र अर्की महिला सुदुरपश्चिमकी रहेको भारतीय निकायलाई उद्धृत गर्दै अधिकारीहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्