होली विशेष: ईड्राइभनेपालद्वारा हार्दिक शुभकामना, सुरक्षित र सकारात्मक उत्सव मनाउन आग्रह
काठमाडौं । रंगहरूको महान पर्व होलीको पावन अवसरमा ईड्राइभनेपाल ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
कम्पनीले जारी गरेको शुभकामना सन्देशमा होलीले आपसी सद्भाव, प्रेम, एकता र भाइचाराको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। “रंगहरूको यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो रंग भरियोस्,” सन्देशमा उल्लेख छ।
यस अवसरमा ईड्राइभनेपालका व्यवस्थापकीय निर्देशक सबिन भट्टराईले भन्नुभयो,
“होली केवल रंगहरूको उत्सव मात्र होइन, यो सकारात्मक सोच, नयाँ सुरुवात र सामाजिक एकताको प्रतीक हो। हामी सबैले सुरक्षित, सभ्य र मर्यादित रूपमा होली मनाउँदै आपसी सम्मान र सद्भावलाई प्राथमिकता दिनुपर्छ।”
उहाँले आधुनिक प्रविधि र दिगो यातायात समाधानमार्फत सेवा प्रदान गर्दै आएको ईड्राइभनेपालले सामाजिक जिम्मेवारीलाई पनि उत्तिकै महत्व दिने बताउँदै यस्ता सांस्कृतिक पर्वहरूले समाजमा उत्साह र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
कम्पनीले यस शुभ अवसरमा सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुरक्षित यात्रा तथा उज्यालो भविष्यको कामना गरेको छ।
होलीमा सकारात्मक ऊर्जा फैलाऔं: eDrive Nepalका एमडी सबिन भट्टराई












प्रतिक्रिया दिनुहोस्