Logo

बागमती पेज

फाल्गुन २२, २०८१ बिहीबार

शेयरसेवा होल्डिङ्स र तिब्बत स्नो ट्रेक्सबीच सम्झौता


काठमाडौं । नेपालमा लगानीकर्तालाई नयाँ अवसरहरू प्रदान गर्दै आएको शेयरसेवा होल्डिङ्स प्रालिले आफ्ना सेयरधनी तथा साझेदारहरूलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले तिब्बत स्नो ट्रेक्स एण्ड एक्सपेडिसन प्रालिसँग विशेष सहकार्य सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत शेयरसेवा होल्डिङ्सका सेयरधनी ग्राहक तथा साझेदारहरूले तिब्बत स्नो ट्रेक्स एन्ड एक्सपेडिसन ठमेल काठमाडौँ मार्फत नेपाल भूटान र तिब्बतका विभिन्न ट्राभल्स तथा टुर्स सेवामा विशेष छुट प्राप्त गर्न सक्ने भएका छन्। सम्झौताको मुख्य उद्देश्य कम्पनीका सेयरधनी तथा हितधारकहरूलाई उच्चस्तरीय यात्रा तथा पर्यटन सेवा र विशेष अफरहरू प्रदान गर्नु हो।

सम्झौताअनुसार सेयरधनी तथा साझेदारहरूले नेपाल भूटान र तिब्बतका ट्रेकिङ तथा एक्सपेडिसन सेवाहरू, ट्राभल प्याकेज तथा टुर्स, पर्वतीय यात्रा, धार्मिक तथा सांस्कृतिक भ्रमण कार्यक्रमहरू लगायतका अन्य सुविधाहरूमा विशेष छुट पाउने भएका हुन्।

शेयरसेवा होल्डिङ्सका प्रवक्ताले बताए अनुसार हाम्रो उद्देश्य सेयरधनी तथा साझेदारहरूलाई नेपालमै उत्कृष्ट सेवा तथा लगानी अवसर उपलब्ध गराउनु हो। यस सहकार्यले सेयरधनीहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ र नेपाली पर्यटन व्यवसायलाई समेत प्रवर्द्धन गर्नेछ।

तिब्बत स्नो ट्रेक्स एन्ड एक्सपेडिसनका व्यवस्थापन टोलीले समेत सहकार्यलाई स्वागत गर्दै शेयरसेवा होल्डिङ्सका हितधारकहरूलाई गुणस्तरीय ट्राभल तथा ट्रेकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शेयरसेवा होल्डिङ्सले नेपाली बजारमा लगानीमैत्री वातावरण सिर्जना गर्दै आएको छ। कम्पनीले शेयर लगानी, प्रि–आइपिओ लगानी, स्टार्टअप लगानी तथा अन्य क्षेत्रहरूमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ।

यो सम्झौताले नेपाली लगानीकर्तालाई थप आकर्षित गर्ने र व्यवसायिक सहकार्यका लागि नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।