Logo

बागमती पेज

असार १२, २०७८ शनिबार

माडी नगरपालिकामा ९० करोड २७ लाख १८ हजारको बजेट पारित


चितवन । माडी नगरपालिकामा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ९० करोड २७ लाख १८ हजार रुपैंयाको बजेट पारित भएको छ ।

नगरपालिकाको सातौं नगर सभाले उपमेयर ताराकुमारी काजी महतोले पेश गरेको बजेट सर्बसम्मतीले पारित गरेको छ । बजेटमा संघीय सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट रु ५४ करोड ९७ लाख ६५ हजार र प्रदेश सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट रु १२ करोड ६८ लाख ९१ हजार ९४४ आम्दानी हुने अनुमान रहेको छ ।

त्यसैगरी बजेटमा नगरको आन्तरिक आम्दानी रु. १६ करोड ४६ लाख ७० हजार र मालपोतको बाँडफाँडबाट प्राप्त हुने राजश्व तर्फ रु.३ करोड आम्दानी हुने अपेक्षा गरिएको हो। नगरपालिकाको कुल खर्चतर्फ तर्फ चालुमा रु.३६ करोड ६ लाख ८७ हजार २०० र पुँजिगत तर्फ रु.५४ करोड १० लाख ३० हजार ८०० बजेट विनियोजन गरिएको हो ।

बजेटले नगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधार विकास, वन, वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकास एवं सुशासन क्षेत्रलाई प्राथमिकता दिएको छ ।

नगरसभाले नगरप्रमुख ठाकुर प्रसाद ढकालद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम समेत शंसोधनसहित पारित गर्नुका साथै विभिन्न विधेयकहरु स्वीकृत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताए ।