Logo

बागमती पेज

कार्तिक २४, २०७७ सोमबार

बूढानीलकण्ठ-डाँडागाउँ सडक कालोपत्रे: स्थानीय बने उत्साहित


काठमाडौं । बूढानीलकण्ठको डाँडागाउँ सडक कालोपत्रे हुँदा स्थानीयवासि उत्साहित बनेका छन् । काठमाडौं भित्रको सुगम नगरपालिका मानिने बूढानीलकण्ठ भित्रका केही स्थानहरु भने अझै विकास निर्माणको पर्खाईमा रहेको देखिन्छ ।

त्यसै अन्तर्गत सुगम नगरपालिकामा पनि दुर्गम झैँ विभिन्न समस्या भोग्दै आएका बूढानीलकण्ठ-५ डाँडागाउँका स्थानीयहरुले सडक कालोपत्रे भएपश्चात समय र श्रमको बचत हुने भन्दै खुसि ब्यक्त गरेका हुन् । स्थानीय निर्वाचन पछि विकास निर्माणका काम तीब्र गतिमा भईरहेका छन् । त्यस अन्तर्गत वडा नं. ५ ले पनि विकास निर्माणका कामलाई महत्वका साथ अगाडी बढाएको छ ।

बूढानीलकण्ठ-५ का वडाध्यक्ष विजय तामाङले डाँडागाउँ आफैमा विभिन्न सम्भावना बोकेको स्थान रहेको भन्दै हाल डाँडागाउँमा होम स्टे स्थापना गर्दै सामूहिक पर्यकन प्रवर्धनको प्रयास सुरुभएको बताए । अध्यक्ष तामाङले भने विकास निर्माणका अन्य तुलनमा सडक व्यवस्थापन तथा निर्माण कार्यलाई बढि जोड दिएका छौं ।

काठमाडौं उपत्यका सहित सुर्योदय र सुर्यास्तको अवलोकन गर्ने सकिने डाँडागाउँ बाट करिव १ घन्टाको पैदल यात्रामा विष्णुद्वार र करिव ३ घण्टामा बागद्वार सम्म पुग्न सकिन्छ ।