नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् । साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको जनाएको छ । बाँकी दृश्यको छायांकनको काम धमाधम भैरहेको बताइएको छ ।
नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी छिन् । केकीले उपलब्ध गराएको तस्वीरमा उनी बेहुली बनेकी छिन् । तर, केकी चलचित्रमा कसकी दुलही बनेकी हुन् यो भने खुलेको छैन ।
अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको कथामा यो चलचित्र बनेको हो ।
प्रतिक्रिया दिनुहोस्