Logo

बागमती पेज

पुस ४, २०७७ शनिबार

केपी र विद्याको जोडी रहेसम्म मुलुकलाइ खतरा हुन्छ: डा. बाबुराम भट्टराई


काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घट्नाक्रमले पुष्टि गरिसकेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई ईतिहासले क्षमा नगर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो लेखेका हुन् । उनले भनेका छन्,‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके।अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग,अविस्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है!”