Logo

बागमती पेज

पुस ५, २०७७ आईतबार

राजीनामा दिएर सिंहदरबारबाट यसरी बाहिरिए सात मन्त्री (तस्वीरमा हेर्नुस् )


काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गर्दै सात जना मन्त्रीहरुले आइतबार साँझ सिंहदरवारमा सामुहिक राजीनामा घोषणा गरे ।

राजीनामा दिन उपस्थित सातै जना मन्त्रीहरुको मुहार मलिन देखिन्थ्यो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमपछि कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भट्टराईसहित उर्जामन्त्री बर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामनत्री गिरिराजमणी पोखरेल, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगरले राजीनामा घोषणा गरेका हुन् ।

कृषि समितिको हलमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले राजीनामा पढेर सुनाएका थिए । त्यसपछि राजीनामा दिएका सातै मन्त्री सिंहदरवारबाट यसरी बाहिरिए ।

संसद विघटनविरुद्ध सडकमा उत्रिए नेकपा कार्यकर्ता (तस्वीरमा हेरौं)