Logo

बागमती पेज

पुस १५, २०७७ बुधबार

मेचु र विकासको पूर्वेली भाका ‘पानी कलल’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं । मेचु धिमाल र विकास लिम्बूको ‘पानी कलल’ बोलको गीत सार्बजनिक भएको छ । भिडियोमा मेचु र विकासलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

मेचुकै निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतको भिडियोमा गायकद्वय मेचु र विकाश आफैँ फिचर भएका छन् ।

गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत समावेश छ । देवेश राईको एरेन्जमेन्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियोलाई मेचु धिमालको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।