Logo

मेघनाथ पहाडी

पुस २७, २०७७ सोमबार

महानगरमा भू-माफियाले हडपेको ७२ रोपनि सार्वजनिक जग्गा फिर्ता


काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक जग्गा संरक्षणको कामलाई अगाडी बढाईएको छ । सार्वजनिक जग्गा संरक्षण गर्दै पार्क निर्माणका कामलाई तीब्रता दिईने भएको हो ।

कामनपा-४ का वडाध्यक्ष मोहन विष्टले विकास निर्माणका करिव ९० प्रतिशत कामहरु सम्पन्न भएको बताएका छन् । अध्यक्ष विष्टले विकास निर्माणका काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै सार्वजनिक जग्गा संरक्षण गर्ने र पार्क निर्माणका काममा अगाडी बड्ने योजना रहेको बताए ।

काठमाडौं महानगरपालिका वडा नं.४ भित्र ७२ रोपनी भन्दा बढी सार्वजनिक जग्गा संरक्षण गरी नेपाल सरकारको माताहतमा ल्याईएको छ वडाध्यक्ष विष्टले भने, ‘भू-माफियाले हडपी विभिन्न स्थानमा भोगचलन गर्दै आएको ७२ रोपनी भन्दा बढी सार्वजनिक जग्गा संरक्षमामा ल्याईएको हो ।’

वडा नागरिक मञ्चको सहयोग तथा कानुनी प्रकृयाबाट सार्वजनिक जग्गा संरक्षण गरी सरकारकोे मातहतमा ल्याईएको छ । जसमा विभिन्न जग्गाहरु मध्ये केही जग्गामा पार्क निर्माणको काम आगाडी बढाईएको छ, भने केहीमा पार्क निर्माणको काम सम्पन्न भएको छ ।

अध्यक्ष विष्टका अनुसार- ‘शिवस्थली २५ रोपनी, मनमोहन पार्क ११ रोपनी (कृष्ण गल्ली धुम्बाराही), बाजे-बज्यै पार्क ८ रोपनी, कपन मार्ग ६ रोपनी, धुम्बाराही हाईट ३ रोपनी, अन्नपुर्ण मार्ग ९ आना, रारा पार्क ३ रोपनी, हालको वडा कार्यालय १ रोपनी, टुसाल पार्क २ रोपनी, धुम्बाराही पार्क १२ रोपनी र डिडि पार्क ९ आना गरी जम्मा ७२ रोपनी २ आना सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याईएको हो ।’

वडा भित्रका सार्वजनिक जग्गामा विभिन्न व्यक्तिहरुले टहरो बनाएका, भाडा खाएका, भोगचलन गर्दै आएका तथा साध मिचेका व्यक्तिहरुबाट नेपाल सरकारको मातहतमा ल्याउन सफल छौं । अध्यक्ष विष्टले भने- धेरै जस्ता मिचेका र भोगचलन गर्दै आएका जग्गाहरु कानुनी प्रकृया मुद्दा मार्फत नै प्राप्त भएका छन् ।

अतिक्रमण गरि भू-माफियाले कब्जा गरेका सार्वजनिक जग्गाहरु फिर्ता गर्न सार्है समस्या भएको जानकारी गराउँदै वडा नागरिक मञ्च, अगुवा र वडा भित्रका २२-२५ वटा उपभोक्ता समितिको सहयोगमा फिर्ता गराईएको हो । आगामी दिनमा वडाभित्रका सार्वजनिक जग्गाहरु क्रमिक रुपमा नेपाल सरकारको मातहतमा ल्याउने योजना रहेको छ ।

वडा भित्र भएका सार्वजनिक जग्गा खोज्ने र सोही जग्गामा पार्क निर्माण गर्ने योजना रहेको छ । वडा भित्र हरियाली कायम गर्ने र कसरी धुलोमुक्त वडाको रुपमा यस वडालाई चिनाउने योजनाका साथ वडा अगाडी बढेको वडाध्यक्ष मोहन विष्टले बागमती पेजलाई जानकारी गराए ।

धुलो रहित वडा बनाउन वडाभित्र निर्माण भएका संपुर्ण घरमा कम्पाउण्डमा वाल लगाउन अनुरोध गर्ने भन्दै अध्यक्ष विष्टले भने, वाल नलगाए वडाले वाल लगाउने व्यवस्था गर्ने छ र आवश्यक हर्जना लिने खालको नीतिका साथ अगाडी बढ्ने छौं ।

वडाध्यक्ष विष्टले साना सडक तथा गोरोटो बाटोबाट मुख्य सडकमा धुलो आउने खालका समस्या रहेको भन्दै साखा सडकबाट सवारीको चक्काले मुख्य सडकमा धुलो ल्याएका कारण पनि सम्पुणर् शाखा सडकहरु पीच तथा ढलान गर्न आवश्यक रहेको बताए ।

मुख्य सडकबाट जोडिएका संम्पुर्ण साना सडक तथा गल्लीहरुलाई ढलान गर्ने, पीच गर्ने, ब्लक छाप्ने र ढुङ्गा विछ्याउने खालका योजना रहेका छन् । वडाध्यक्ष विष्टले वडा भित्र सफा, स्वच्छ र सुन्दर बनाउनका लागि आफू लागि परेको धारणा व्यक्त गरे ।