Logo

बागमती पेज

माघ ९, २०७७ शुक्रबार

निर्वाचन तोकिएकै समयमा हुन्छ, तयारीमा जुट्नुपर्छः डा. राजन भट्टराई


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले निर्वाचन तोकिएको समयमा हुने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिका-१२ मा आयोजित नेकपा वडा स्तरीय कर्याकर्ता भेलामा निर्वाचन तोकिएको समयमा हुने जानकारी गराउँदै डा. भट्टराईले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका हुन् । उनले नगर तथा वडामा डटेर अगाडि बढ्न आग्रह समेत गरेका छन् ।

डा. भट्टराईले गत मङ्सिर ४ गते पछाडी पार्टीमा विभिन्न निणर्य हुने तर कार्यान्वयन नहुनु जस्ता समस्या आएका कारण हाल नेकपामा विवाद आएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट खुस्काउन नियोजित ढंगले विभिन्न गतिविधि समेत गरेको जानकारी गराए ।

यो बीचमा केन्द्रीय सरकारले सोचे जति काम गर्न सकेन तर विकासले गति लिँदै छ । तपाईंहरु आफ्नै आखा आगडी हेर्नुस् । ४ बर्ष अगाडिको सडक, खानेपानी, बत्ति देखी अन्य समग्र विकास निर्माणका कामहरू हेर्नुस् विकासले कति फड्को मारेको छ । निर्वाचन अगाडि भनेका आधारभूत आवश्यकताहरु पूरा हुँदै छन् । हिमाल पहाड देखी तराईसम्म विकासले गति लिँदै छ । तपाईं आफ्नै नगरमा हेर्नुस विकासले कति फड्को मारेको छ । निर्वाचन अगाडि र हाल सम्मलाई तुलना गर्नुहोस् । विकासले कति फड्को मारेको छ ।

एकीकरणले राम्रो मात्र नभएर नराम्रो सम्मका कामहरू भए । त्यसमा माओवादीहरु मात्र कारण हैनन् डा. भट्टराईले भने, हाम्रै साथीहरुले पनि यसमा नकारात्मक कामहरु गरे ।