Logo

मेघनाथ पहाडी

फाल्गुन २९, २०७७ शनिबार

एमाले विदेश विभाग प्रमुखमा डा. भट्टराई


काठमाडौं । नेकपा एमालेको विदेश विभाग प्रमुखमा डा. राजन भट्टराईले जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार रहेका डा. भट्टराईलाई उक्त विभाग प्रमुखको जिम्मेवारी दिइएको हो । एमालेमा विदेश विभाग प्रमुख माधव नेपाल रहेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको वैठकले पार्टी प्रवक्तामा प्रदिप ज्ञवाली र संगठन विभागमा विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ ।