Logo

बागमती पेज

चैत्र १३, २०७७ शुक्रबार

ओलम्पिकको तयारीमा रहेका पार्कीलाई खेल सामग्री


काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकको तयारी गरिरहेका एथलेटिक्स खेलाडी गोपिचन्द्र पार्कीलाई खेल सामग्री प्रदान गरिएको छ ।

नेपाल ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिकको तयारीमा रहेका म्याराथन धावक पार्कीलाई खेल सामग्री प्रदान गरेको हो ।

कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पार्कीलाई ट्रेनिङ गर्दा प्रयोग हुने जुत्ता, रनिङ स्पाइक र प्रतिस्पर्धा गर्दा प्रयोग हुने जुत्ता लगायतका सामग्री प्रदान गरे । पार्की नेपालबाट जापान ओलम्पिक खेल्नका लागि पक्का भएका एक्लो खेलाडी हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले ओलम्पिकमा पार्कीले बैकुण्ठ मानन्धरको कीर्तिमान भङ्ग गर्नेमा आफु विश्वस्त रहेको बताए ।