Logo

बागमती पेज

भाद्र १८, २०७८ शुक्रबार

सिन्धुलीमा माधवलाई झड्का : मेयर खत्रीसहित सबै नेता एमालेमै फर्किए


सिन्धुली । माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)मा रहेका सिन्धुलीको कमलामाई नगर प्रमुख खड्ग खत्री समेत निर्वाचित जनप्रतिनिधिहरु लगायत नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमै फर्किएका छन् ।

नेकपा (एकिकृत समाजवादी)बाट नेकपा एमालेमा आस्था राख्ने सम्पुर्ण जिल्ला नेता तथा कार्यकर्ताहरु एक भएको नेकपा एमाले जिल्ला अध्यक्ष प्रदिप कटुवालले बताएका हुन् ।

अध्यक्ष कटुवालले बागमती पेज सँग भने, ‘एमालेमा आस्था राख्ने सम्पुणर् नेता तथा कार्यकर्ताहरु एक भएका छौं । हिजो पनि जिल्लामा सँगै बसेर काम गरेका थियौं आगामी दिनमा पनि हामी सम्पुणर् एकै ठाउँमा बसेर अझ प्रभावकारी ढंगले अगाडी बढ्ने छौं ।’

नेकपा एमाले एक हुँदा जिल्लामा कार्यकर्ताहरु थप उत्साहित बनेका छन् ।