Logo

भवानी कार्की

आश्विन १८, २०७८ सोमबार

पौडेल समूहका बर्मा लामा बने दोलखाको सभापति !


दोलखा । नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न दोस्रो चरणको मतदानमा कृष्णप्रसाद सिटौला समूहका तारा खड्कालाई पराजित गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका लामाले सभापतिमा बाजी मारेका हुन् ।

याे पनि पढ्नुहाेस् :
जिल्ला नेतृत्व लिई पार्टीलाई चलाएमान बनाउन मेरो उम्मेदवारी : नेता बर्मा लामा

यसअघि आइतबार सम्पन्न मतदानमा सभापतिका उम्मेदवारहरूले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणको मतदानमा पहिलो भएका लामा र दोस्रो भएका खड्काबीच प्रतिस्पर्धा भएको थियो । सभापति शेरबहादुर देउवा पक्षका वर्तमान सभापति रुद्र खड्का तेस्रो र केशव चौलागाईं चौथो भएर बाहिरिएका थिए ।

उनीहरु बाहिरिएपछि दोस्रो चरणमा भएको निर्वाचनमा १ हजार ३७३ मत खसेकोमा लामाले आठ सय ७७ मत पाएका छन् भने खड्काले ४ सय ८५ मत प्राप्त गरे । देउवा पक्षले १३ औं महाधिवेशनमा जितेको दोलखामा १४ औंमा पौडेल पक्षको नेतृत्व आएको हाे ।