Logo

बागमती पेज

कार्तिक २२, २०७८ सोमबार

आयुष र एलिनाको “नतड्पाउन”


काठमाडौँ । गायक आयुष अर्याल र गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

अलेक लामा र आयुष अर्यालको शब्द रचना रहेको गीतमा राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ।

रोमान्टिक शैलीको गीतको भिडियो पनि रोमान्टिक बनेको छ। जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरी हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ।

भिडियोमा सारा लोहोरुङ्ग राई र आयुष अर्याल फिचर्ड छन्। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।