Logo

बागमती पेज

पुस १०, २०७८ शनिबार

कागेश्वरीमा राजस्व सुधार कार्ययोजना सम्बन्धी २ दिने कार्यशाला शुरु


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा राजस्व सुधार कार्ययोजना सम्बन्धी २ दिने कार्यशाला शुक्रबारबाट शुरु भएको छ ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालिकाले राजस्व संकलन कार्यलाई व्यवस्थित बनाउनका लागि राजस्व सुधार कार्ययोजना बनाउन लागिएको जानकारी गराएका थिए ।

कार्यक्रममा विशेषगरी राजस्वको अबस्था कस्तो छ, राजस्व चुहावट, राजस्व संकलन कसरी गर्ने, अहिलेसम्म नगरपालिकाले के-के कुरामा राजस्व लगायो, आगामी दिनमा के कस्ता कुरामा राजस्व लगाउने वा हटाउने राजस्व संकलन गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र राजस्वको विषयमा छ्लफल  हुनेछ ।

नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेको उक्त कार्यक्रममा वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, वडा सचिवहरु लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।