Logo

बागमती पेज

पुस २५, २०७८ आईतबार

एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला सर्वसम्मत


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको छैटौं काठमाडौं जिल्ला अधिवेशनले अध्यक्षमा दीपक निरौलालाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी कमिटीको उपाध्यक्षमा नवराज पराजुली, सचिव राजेश शाक्य, उपसचिव विन्दु महर्जन र तेज ढकाललाई चुनेको हो ।

बागमती प्रदेश सांसद समेत रहेका दीपक निराैला नेकपा एमाले बागमती प्रदेशकाे प्रमुख सचेतक समेत रहेका छन् । उनले यसअघि नेकपा एमाले काठमाडाैं सचिवकाे जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका निभाएका थिए ।

छैटौं काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन २३ गते मूलपानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।