Logo

बागमती पेज

चैत्र २०, २०७८ आईतबार

किसुनजी स्मृति म्याराथनमा प्रथम बने भण्डारी र अधिकारी


काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा भएको किसुनजी स्मृति राष्ट्रिय खुल्ला हाफ म्याराथनमा महिला तर्फ पुष्पा भण्डारी र पुरुष तर्फ दिपक अधिकारी प्रथम बन्न सफल भएका छन् ।

प्रथम बन्न सफल पुष्पा भण्डारी नेपाल एपीएफ क्लबकी हुन् भने दिपक अधिकारी त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।

त्यसैगरी महिला तर्फ दोश्रो हुनेमा एपीएफ क्लबकै विद्या धन्के श्रेष्ठ र तेस्रो हुनेमा एनपिसिकी रेखा विष्ट रहेका छन् ।

परुष तर्फ दोश्रो हुनेमा बाग्लुङ्गका तिर्थ कुमार श्रेष्ठ रहेका छन् भने तेस्रो स्थान भने त्रिभुवन आर्मी क्लबका राजन रोकायाले प्राप्त गरेको बद्री भट्टराईले जनाएका हुन् ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले गत बर्षदेखि शुरु गरेको राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता यस वर्ष पनि भव्य रुपमा सफल भएको बागमती प्रदेश अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।