Logo

बागमती पेज

बैशाख ४, २०७९ आईतबार

अवरुद्ध वीपी राजमार्ग खुल्यो, सहमतिपछि आफन्तले बुझे शव


सिन्धुली । आइतबार बिहानैदेखि अवरुद्ध वीपी राजमार्ग सञ्‍चालनमा आएको छ । ठेकेदार, मृतक बालकका आफन्त र प्रहरी प्रशासनबीच सहमति भएपछि राजमार्ग सूचारु भएको हो ।

पीडित र निर्माण कम्पनिका ठेकेदार बीच सहमतिपछि राजमार्ग सञ्‍चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाले बागमती पेजलाइ जनाए ।

कमलामाई नगरपालिका ४ र ६ जोड्ने ग्वाङ खोलामा पक्की पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा फिक्कल गाउँपालिका-१ घर भएका १२ वर्षीय सृयास भुजेलको मृत्यु भएको थियो ।

सोहि घटनालाई लिएर पीडित पक्षले ठेकेदारलाई कारबाही र क्षतपूर्तिको माग गर्दै कमलामाई नगरपालिका ४ ढुङ्ग्रेवासमा राजमार्ग अवरुद्ध गरेका थिए ।