Logo

मेघनाथ पहाडी

बैशाख १९, २०७९ सोमबार

जिल्लाकै उदाहरण बनिन् पार्वती सुनुवार : पाइन् गठबन्धनको साथ !


काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिए सँगै देशव्यापी रुपमा चुनावी माहोल तातेको छ । सत्ता पक्ष र विपक्षी दल बीच आपसी आरोप प्रत्यारोप लगाउँदै आएको सामाजिक संजाल मार्फत हेर्न र सुन्न समेत सकिन्छ ।

त्यसैबीच सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार उदाहरणिय बनेकी छन् । नेकपा एमालेबाट अध्यक्ष पदमा फरक पार्टीको उम्मेदवार भएपनी उनलाई सत्तापक्षका नेता कार्यकर्ताले भने सहयोग गर्दै आएका छन् । उनी एमालेबाट सिंगो जिल्लाको एक मात्र पालिका अध्यक्ष पदको उम्मेदवार पनि हुन् ।

नाम उल्लेख नगर्नु भन्दै विपक्षी दलका स्थानीयले भने, ‘महिला भएर मात्र हैन उहाँको विगतको नेतृत्व प्रति सन्तुष्ट र निर्वाचन पश्चात अध्यक्ष भएपछिका कामको आसा र भरोसा राखेर हामीले उहाँलाई समर्थन जनाएका हौं । हामी एमालेमा प्रवेश गरेका छैनौं ।

धेरै फिक्कलवासीको अनुरोध र नेतृत्वमा रहदाको आफ्नो अनुभव लिएर उनी जनतामाज पुनः आएकी छन् । यस अघिको स्थानीय तहको निर्वाचनमा फिक्कल गाउँपालिका पाध्यक्षमा निर्वाचित भएकी सुनुवारले ५ वर्षको जिम्मेवारी सफलतापूर्ण ढंगले पुरा गरेको उनले बताईन् । महिला उपाध्यक्ष हुँदा धेरै काम गर्न सहज भएको फिक्कलवासीको मुल्याङ्कनले समेत उनी निर्वाचन जित्नेमा थप उत्साहित बनेकी छन् ।

उनले बागमती पेज सँग भनिन्, ‘फिक्कल भरिका अग्रज, महिलाहरु र सम्पुर्ण फिक्कलवासीको जनचाहना अनुसार मैले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ । सबै नेतृत्वमा पुरुषहरु मात्रै पुग्नुपर्छ भन्ने छैन, हामी युवा तथा महिलाहरुले पनि सफलतापुर्ण काम गर्न सक्छौ । यसको उदाहरण म तपाईँहरुलाई देखाउन चाहान्छु ।’

उनले थपिन्, यसको उदाहण विगतमा पनि दिए होला र अब अध्यक्षमा जितेपछि तपाई सम्पुर्णमा विस्वस्त पार्न चाहान्छु । यो उम्मेदवारी मेरो मात्र हैन देश भरिका नारीको पनि हो । अझ मेरो जित मेरो पार्टीको हैन सिङ्गो फिक्कलको जित हुनेछ । जब युवा तथा महिला नेतृत्वमा पुग्न सकिदैन तब हामी सधै पछाडी पर्नेछौं । त्यसैले म हैन कुनैपनि पार्टीको महिला तथा युवा नेतृत्वमा पुग्न आवश्यक छ ।

पार्वती सुनुवार नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेपछि सिंगो जिल्लामा उनको चर्चा चुलिन शुरु भएको छ । ५ वर्ष उपाध्यक्षको जिम्मेवारी सफलतापूर्ण ढंगले पुरा गरेको कामको मुल्यांकन गर्दै पार्टीले यस पटकको निर्वाचनमा सिङ्गो जिल्लाबाट महिला अध्यक्ष पदमा उनलाई उभ्याएको छ । सिन्धुली नेकपा एमालेको ईतिहाँसमा पार्वती सुनुवार पहिलो महिला अध्यक्षकी उम्मेदवार समेत हुन् ।