Logo

बागमती पेज

जेष्ठ ४, २०७९ बुधबार

थाहा नगरपालिकामा एमाले हराउँदै गठबन्धनका मेयर र उपमेयर निर्वाचित


काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धन नेकपा माओवादी र नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा माओवादीका विष्णुहरी विष्ट ९ हजार ७१९ मत ल्याउँदै एमालेका अच्युतप्रसाद ढकाललाई हराएर निर्वाचित भएका हुन् । ढकालले ७ हजार ७७१ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा काँग्रेसका भरत नेपाली ८ हजार ६०७ मत ल्याएर निर्वाचित हुँदा एमालेकै कल्पना बलामी ८ हजार ५२२ मतमा सिमित बनिन् । १२ वडा रहेको यो नगरपालिकामा ६ वटा वडामा माओवादी, तीनवटामा काँग्रेस र ३ मा एमाले निर्वाचित भएको छ ।