Logo

बागमती पेज

असार २३, २०७९ बिहीबार

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार २७ असारदेखि


काठमाडौं : नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि सुरु हुने भएको छ । एकीकृत कारोबार ‘नबिल बैंक लिमिटेड’ नामबाट हुने छ ।

राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ । त्यसैले साविकका दुवै संस्थाबाट सन्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार अब असार २७ गतेदेखि एकीकृत रुपमा नबिल बैंकको नामबाट सुरु हुने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।

यही असार १५ गते राष्ट्र बैंकको सन्चालक समितिले यी दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । स्वाप रेसियो १००ः४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी भएको छ । अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै सेयर हुनेछ ।