Logo

बागमती पेज

मंसिर १४, २०७९ बुधबार

प्याब्सक ‘फुटसल कप-२०२२’ हुने


काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक)को आयोजनामा अन्तर विद्यालय ‘फुटसल कप-२०२२’ हुने भएको छ ।

भाटभटेनी फुटसलमा हुने भएको उक्त फुटसलमा काठमाडौँ भित्रका विद्यालयबाट ३२ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक राजु पुडासैनीले जनाएका छन् ।

प्याब्सक महासचिव राजन श्रेष्ठले विद्यार्थीहरुको वौद्धिक क्षमतामा अभिवृद्धि गर्ने, विद्यालयबीचका विद्यार्थीहरुमा आत्मियताको भावना जागृत गर्ने, खेल सम्बन्धि विभिन्न नियम सिकाउँदै मनोरञ्जन समेत प्राप्त हुने भएकाले फुटसल कप आयोजनाको तयारी गरिएको बताए ।

संयोजक पुडासैनीका अनुसार मंसिर २० र २१ गते हुने ब्वाईज फुटसल प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । साथै वेस्ट प्लेअर, म्यान अफ दि म्याच लगायतका पुरस्कार वितरण गरिनेछ ।