Logo

बागमती पेज

पुस ५, २०७९ मंगलबार

‘फूलबारी’को टिजरमा विपिन र अरुणाको प्रेम


काठमाडौँ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘फूलबारी’को पारिवारिक कथा बोल्ने टिजर सार्वजनिक गरिएको छ । २ मिनेट २ सेकेन्ड लामो यो टिजरमा फिल्मका अधिकांश पात्र अटाएका छन् । फिल्ममा नायक विपिन कार्की र कलाकार अरुण कार्की दम्पत्तीको भूमिकामा देख्न सकिन्छ ।

फिल्मको टिजरमा कालिप्रसादको स्वरमा समावेश एक गीतलाई फिल्मको कथासारमा समावेश गरिएको छ । यो गीतसँगै देखाइएका दृश्यले फिल्मको कथा दर्शाउने कोशिश गरेको छ । यो फिल्म फागुणको ५ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा मणिराम पोखेल कार्यकारी निर्माताको रुपमा छन् भने मनिष ढकाल निर्माताको रुपमा छन् । रामबाबुले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ले यो बर्ष व्यापारिक रेकर्ड नै राखेको थियो । फिल्म ‘फूलबारी’बाट पनि व्यापारिक सफलताको आशा राख्न सकिन्छ ।