Logo

बागमती पेज

फाल्गुन ३०, २०७९ मंगलबार

प्रधानमन्त्री प्रचण्डद्वारा मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामा सम्मानित


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा सम्मानित भएका छन् । लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्याएका अध्यक्ष लामालाई सम्मान गरिएको हो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौं राष्ट्रिय महाधिवेशनको अवसरमा प्रधानमन्त्री प्रचण्डले लामालाई शिक्षासेवी सम्मानबाट सम्मानित गरेका हुन् । नेसनल प्याब्सन बागमती प्रदेशको सचिव समेत रहेका शिक्षासेवी लामा विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाहरुमा सक्रिय छन् ।

शिक्षासेवी सम्मानबाट सम्मानित अध्यक्ष लामा सम्मानले आफूमा थप जिम्मेवारी थपिएको बताउँदै नेपालको शैक्षिक विकास र उन्नयनमा अझ केहि गर्ने प्रेरणा मिलेको समेत बताएका छन् ।

यो पनि…

मनास्लु वर्ल्ड कलेज आइएसओ सर्टिफाइड

पूर्वकप्तान पारसलाई मनास्लु खेलकुद सम्मान