दोलखा । दोलखाको जिरी नगरपालिकामा एक किशोरीलाई बलात्कार गरी फरार भएका शिक्षक हालसम्म फरार नै रहेका छन् । घटनाको दुई महिना वितिसक्दापनि शिक्षक गोविन्द ओली पक्राउ नपरेका हुन् ।
गत फागनुमा जिरी नगरपालिका–२ स्थित बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत १५ बर्सिया नाबालिगलाई बलात्कार गरी फरार भएका भएका थिए । विद्यालयका विज्ञान विषका शिक्षक गोविन्द ओली हाल कहाँ छन् प्रहरीले पत्ता लगाउन सकेको छैन ।
पीडित बालिकाकी आमाले गत फागुन २७ गते ओली विरुद्ध पक्राउ पुजी जारी गरे पनि हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक खड्काले हाल सम्म ओली फेला नपरेको जानकारी दिए ।
गत फागुन १७ गते जिरी बजारस्थित लिङ्कनको यार्सा होटेलमा लगेर ती शिक्षकले किशोरीलाई दुई दिनसम्म बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीकोमा जाहेरी दिएका छन् । तर, फरार भएका शिक्षक ओली हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
यसरी बलात्कार जस्तो गम्भीर अपराधको घटनामा संलग्न शिक्षक दुई महिनासम्म पनि पक्राउ नपर्दा बलात्कारको सिकार भएकी बालिकालाई मानसिक तनाव थपिएको छ । बलात्कृत बालिका हाल परिवारको संरक्षणमै रहेको दोलखा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्