Logo

बागमती पेज

१० भदौ २०८०, आइतबार

अनेरास्ववियू अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठ


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठ चयन भएका छन्।

अनेरास्ववियूको आइतबार काठमाडौंमा सम्पन्न स्थायी कमिटी बैठकले लामालाई अध्यक्ष चयन गरेको हो।

लामाको नेतृत्वमा केन्द्रीय अधिवेशन आयोजक कमिटी गठन गरिएको हो। आयोजक कमिटीमा ३०१ सदस्य रहेका छन्।

लामा यसअघि नेकपा (एमाले) निटक अनेरास्ववियूको महासचिव थिइन्। एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजेकी थिइन्।