Logo

बागमती पेज

फाल्गुन २१, २०८० सोमबार

सबै मन्त्री हटाउने प्रचण्डको तयारी: सानो आकारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । सत्ता गठबन्धन भत्किएसँगै प्रचण्डले यस्तो गर्न लागेका हुन् ।

स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

भत्कियो सत्ता गठबन्धन: एमालेका प्रमुख सचेतक पदम गिरी मन्त्री बन्ने

सरकार परिवर्तन र आजै नयाँ मन्त्री परिषद् बन्छ: नेता सुरेन्द्र पाण्डे